काठमाडौं । नेकपा एमालेका प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकर्ण विष्टले पार्टी एकता कायम राख्नका लागि अन्तिम क्षणसम्म पनि आफनो इमान्दार प्रयत्न रहने बताएका छन् । नेकपा एमालेका प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकर्ण विष्टले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।
नेकपा एमाले र जनसंगठनका सबै तहका कमिटीलाई २०७५ जेठ २ को पूर्ववत् अवस्थामा फर्काएर पार्टी एकता जोगाउनका लागि आफूहरुको तर्फबाट इमान्दार प्रयत्न रहने विष्टले बताएका छन । सबल एवं एकीकृत पार्टी निर्माण गर्दै एमालेको एकताका लागि आफूहरु अन्तिम क्षणसम्म पनि इमान्दारीताका साथ प्रयासमा रहने विष्टको भनाई छ । उनले अहिलेको आवश्यकता पनि एकता नै रहेको बताएका छन ।
राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि सही विचार र कार्यदिशा अवलम्बन गरेको सबल एवं एकीकृत पार्टीले मात्रै महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्ने विष्टले बताएका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend