काठमाडौं । कोभिड–१९ बाट संक्रमित विरामीहरुको उपचारमा पछिल्लो एक वर्षदेखि सक्रियतापूर्वक खटिएका वरिष्ठ चिकित्कस डा रणजीत कुमार झा कुशल गायक तथा संगीतकार हुन । लामो समयदेखि राजबिराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा सिनियर कन्सल्ट्यान्ट फिजिसियन तथा प्रमुखको रुपमा कार्यरत डा झाले यतिबेला कोरोना भाइरसका संक्रमितहरुको उपचारमा खटिएका सम्पूर्ण स्वास्थ्यकर्मीहरुको सम्मानमा एउटा गीत गाएका छन । ‘नसोध मलाई‘’ शीर्षकको उक्त गीतमा संक्रमितहरुको उपचारमा खटिएका चिकित्सकहरुको मनोदशा मात्र चित्रण गरिएको छैन, चिकित्सकहरुले आफ्ना सम्पूर्ण पीडाहरु बिर्सिएर पनि बिरामीको उपचारमा खटिएका छन् भन्ने सन्देश बोकेको छ ।
डा रणजीत कुमार झाद्वारा नै प्रस्तुत गरिएको उक्त गीतमा डा झाको स्वर सुन्न सकिन्छ भने शब्दहरु गिरिराज निरौलाले रचना गरेका हुन । गीतमा डा।झा तथा गीतकार निरौलाको संगीत निर्देशन छ ।गीतमा महाराज थापाको संगीत संयोजन छ भने साजन शाहले यसलाई मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।भिडियोमा निर्देशक निशान कश्यपको अवधारणा तथा निर्देशन रहेको छ । महेश खड्का तथा सुशिला थापाको अभिनय गरेको भिडियोमा गायक डा।झा पनि प्रस्तुत हुनु भएको छ ।भिडियोमा अस्पतालमा उपचाररत संक्रमितहरुलाई पनि चित्रण गरिएको छ ।मुकेश हुमागाईंँद्वारा छायांकन गरिएको उक्त भिडियोमा निर्देशक निशान कश्यपकै रंग संयोजन तथा सम्पादन रहेको छ । उक्त गीतको भिडियो डा।झाकै आधिकारिक यूट्युब च्यानल रणजीत कुमार झा मार्फत अपलोड गरिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend