शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

आगामी रणनीति तय गर्न पाँच विपक्षी गठबन्धनले लिए एक दर्जनभन्दा बढी बरिष्ठ अधिवक्ताहरुको राय

आगामी रणनीति तय गर्न पाँच विपक्षी गठबन्धनले लिए एक दर्जनभन्दा बढी बरिष्ठ अधिवक्ताहरुको राय

काठमाडौं । पाँच विपक्षी दलले आगामी रणनीति तय गर्नका लागि अधिवक्ताहरुसँग छलफल गरेका छन् । उनीहरु प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध एकजुट भएका छन ।

प्रतिनिधि सभा पुनर्स्थापना र कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने मागका साथ सर्वोच्चमा रिट दायर गरेका पाँच दलका प्रतिनिधिले अधिवक्ताहरुको राय लिएका हुन् ।

बुधबार करिब साढे ३ बजेबाट नेपाली कांग्रेसको ससदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा नेकपा माओवादी केन्द्रका नेता देव गुरूङ र वर्षमान पुन, नेपाली कांग्रेसका नेता बालकृष्ण खाँड, पूर्णबहादुर खड्का, पुष्पा भुषाल, राधेश्याम अधिकारी, मीनेन्द्र रिजाल, रमेश लेखक, रामहरिखतिवडा, माधव नेपाल पक्षका नेता भीम रावल उपस्थित थिए ।

नेताहरुले अधिवक्ताहरु मुक्ति प्रधान, खम्बबहादुर खाती, हरिहर दाहाल, रमण श्रेष्ठलगायत एक दर्जनभन्दा बढी बरिष्ठ अधिवक्ताहरुसँग छलफल गरेका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend