शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

मान्छेको लासमाथि लास छ, तिमीलाई भोटको आस छ भन्दै कीर्तिपुरमा नागरिक सडकमा ओर्लिए

मान्छेको लासमाथि लास छ, तिमीलाई भोटको आस छ भन्दै कीर्तिपुरमा नागरिक सडकमा ओर्लिए

काठमाडौं । सरकार कोरोना भाइरस नियन्त्रण र रोकथाममा असफल भएको भन्दै बृहत् नागरिक आन्दोलनले आज कीर्तिपुरमा मार्च निकालेको छ।संक्रमितको संख्या बढ्दै गएको र दैनिक १०० भन्दा बढीको मृत्यु हुँदा सरकार सत्ता टिकाउनमा व्यस्त भएको भन्दै नागरिक अभियन्ताहरु सडकमा ओर्लिएका हुन्। केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गर्नुलाई उनीहरुले प्रतिगमनको संज्ञा दिँदै उक्त कार्यले राज्य जनताप्रति उत्तरदायी नभएको पुष्टि भएको बताए। अभियन्ताहरुले जनताको ज्यान रक्षा गर्नुको सट्टा सरकार भोट बटुल्न लागेको भन्दै विरोध गरेका छन्। निधेषाज्ञाबिच सामाजिक दुरी कायम गर्दै प्लेकार्ड बोकेर अभियन्ताहरुले कीर्तिपुर नगरपालिका अगाडि पुगेर केहीबेर कीर्तिपुर नागरिक प्रतिरोध नाम दिइएको कार्यक्रम अन्तर्गत धर्ना दिएका थिए। यो समाचार पहिलोपोस्टमा रोजन श्रेष्ठले लेखेका छन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend