फाइल तस्वीर।
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले अध्यादेशबाट बजेट ल्याउन नमिल्ने बताएका छन्। जेठ १५ मा बजेट ल्याउनैपर्ने बाध्यता संसद् रहेको बेला मात्रै हुने उनले बताए। सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुखहरूसँ गरेको छलफलपछि पत्रकारसँग बोल्दै पौडेलले अध्यादेशबाट बजेट ल्याउन नहुने बताएका हुन्। न्यायालयबाट संसद् ब्युँतिने बताउँदै पौडेलले असार मसान्तसम्म पुनस्स्थापित संसद्ले पूर्ण बजेट ल्याउनुपर्ने बताए। पूर्वसभामुख समेत रहेका पौडेलले राजनीतिक संकट हटाउनका लागि अदालतले छिटो फैसला गर्नुपर्ने बताए। सरकारले भने अध्यादेशमार्फत् बजेट ल्याउने तयारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन पहिले अध्यादेशमार्फत् बजेट ल्याउने बताएका थिए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend