काठमाडौं । विभिन्न मिडियामा आएको समाचारप्रति ध्यानाकार्षण भएको जनाउँदै सर्वोच्च अदालतले आज आफ्नो धारणा सार्वजनिक गरेको छ । सर्वोच्च अदालतका प्रधानन्यायधिश चोलेन्द्र शमसेर राणाले राती ११ बजे बालुवाटारमा प्रधानमन्त्री ओलीसँग एक घण्टा कुरा भएको विषय सार्वजनिक भएको थियो ।
राजनीतिक तरलता बढेको समयमा न्यायपालिका प्रमुखले व्यवस्थापिका प्रमुखसँग भेट गर्नु शंकाको दृष्टिले हेरिन्छ । विभिन्न मिडियामा आएको भ्रमपूर्ण समाचारप्रति ध्यानाकार्षण भएको जनाउँदै सर्वोच्च अदालतले आपत्ति जनाएको छ ।
सर्वोच्चका सह प्रवक्ता देवन्द्र ढकालको नामबाट आएको विज्ञप्ति अनुसार यस्ता भ्रामक समाचार प्रति अत्यन्त दुखद र खेदजन्य रहेको बताइएको छ ।
तर, प्रधानन्यायधीश शमसेर र प्रधानमन्त्री ओली छलफल भएको नभएको कुनै जानकारी गराएको छैन । अदालतमा दर्ता हुन आएका कुनै विवादसँग जोडेर न्याय सम्पादनको कार्यलाई प्रतिकुल प्रभाव पार्ने कुत्सित मनसाय राखी सत्य तथ्य र यथार्थ अवस्था बुझ्दै नबुझी सामाचार प्रकाशन हुनु दुखद अवस्था भएको विज्ञप्तिमा उल्लेख छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend