शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

आफू एमालेबाट निष्कासन भएको खबर थाहा पाए पछि एकाएक रामकुमारी झाँक्रीले लेखिन् यस्तो स्टाटस्

आफू एमालेबाट निष्कासन भएको खबर थाहा पाए पछि एकाएक रामकुमारी झाँक्रीले लेखिन् यस्तो स्टाटस्

काठमाडौं ।  एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेकामा आफूलाई कुनै अर्थ र​ चिन्ता नलागेको संकेत नेत्री रामकुमारी झाँक्रीले दिएकी छन् ।
सोमबार साँझ नेत्री झाँक्रीले गीतको भाकामा सामाजिक सञ्जालमा यत्ति लेखेकी छन्, ‘देउरालीको चौतारीमा हावा सरर, बगाएर लाने भो माया तिमीलाई बालै फरर‘।’ सोमवार बसेको एमालेको स्थायी कमिटी बैठकले नेत्री झाँक्रीसहित ११ जना नेतालाई पार्टीबाट निश्काशन गरेको थियो । सो निर्णय लगत्तै प्रतिक्रिया दिँदै नेत्री झाँक्रीले यस्तो बताएकी हुन् ।एमालेको यसअघि बसेको स्थायी कमिटिको बैठकले खनाल–नेपाल सहितका ११ जनालाई स्पष्टीकरण सोधेको थियो । तर, उनीहरु कसैले पनि स्पष्टीकरण बुझाएका थिएनन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend