शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

एमालेबाट ११ जना निष्कासित भएको खबर भुँईमा खस्न नपाउँदै खनाल, नेपाल, रावलसहितका शीर्ष नेताले बनाए पार्टीमै पहिरो जाने यस्तो रणनीति

एमालेबाट ११ जना निष्कासित भएको खबर भुँईमा खस्न नपाउँदै खनाल, नेपाल, रावलसहितका शीर्ष नेताले बनाए पार्टीमै पहिरो जाने यस्तो रणनीति

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकले झलनाथ खनाल,माधव नेपाल र भीम रावलसहित ११ जना कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने विघटित प्रतिनिधिसभाका सदस्यमाथि कारवाही गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको बैठकमा यसअघि शनिबारको बैठकले स्पष्टीकरण सोधिएका झलनाथ खनाल,माधव नेपाल र भीम रावलसहित ११ जनाले स्पष्टीकरण नबुझाएकाले थप कारबाही गर्ने निर्णय गरेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए। खनाल, नेपाल, रावलसहित ११ जना पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको ती सदस्यले जानकारी दिए।

बैठकले झलनाथ खनाल, माधव नेपाल,भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा देवी जैरूलाई साधारण सदस्य नरहनेगरी निष्कासन गरेको हो। यस्तै, बैठकले अरू १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। एमालेबाट ११ जना निष्कासित भएको खबर भुईमा खस्न नपाउँदै खनाल, नेपाल, रावलसहितका शीर्ष नेताको भेलाले एमालेमा पहिरो ल्याउने गरी रणनीति बनाउने तयारी गरेको बुझिएको छ ।

नेकपा एमालेले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेपछि प्रतिक्रिया जनाउँदै नेता भीम रावलले कारवाही हाँस्यास्पद भएको बताएका छन । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता रावलले कारवाही केपी गुटको फुटवादकै निरन्तरता भएको टिप्पणी गरेका छन् ।

रावलले लेखेका छन्, ‘पार्टी विधान मिच्दै मनपरी गर्ने, संविधान उल्लंघन गर्ने, देशको अस्मिता र अस्तित्वमा आघात पार्ने नागरिकता वितरण लगायतका राष्ट्रघाती कुकृत्य गर्ने र देशलाई अस्तव्यस्त बनाउने केपी गुटले हामीलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हाँस्यास्पद छ । यो केपी गुटको फुटवादकै निरन्तरता हो ।’

यी हुन् हस्ताक्षर गर्ने सांसदहरू

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend