शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

राप्रपा नेपालले लकडाउनमा अलपत्र भएका नागरिकलाई सडकमा पुगेर खाना वितरण गर्दै

राप्रपा नेपालले लकडाउनमा अलपत्र भएका नागरिकलाई सडकमा पुगेर खाना वितरण गर्दै

ef]s ;xg ufx|f] sf7df8f}F, ! j}zfv M dfgj;]jf cf>dåf/f ef]sf dhb'/nfO{ vfgf v'jfpg] qmddf eQmk'/sf] zªvw/ rf]sl:yt ;8sk]l6df a:g afWo dhb'/nfO{ vfgf lbFb} dWok'/ lydL gu/kflnsfsf pkk|d'v c~hgfb]jL dlwsdL{, cf>dsf cWoIf /fdhL clwsf/Lnufot . cf>dn] s]xL lbgb]lv ef]sf dhb'/ vf]h]/ vfgf v'jfpg yfn]sf] 5 . t:jL/ M gf/fo0f 9'ªufgf ÷/f;;

फाईल तस्विर

काठमाडौं । राप्रपा नेपालले लकडाउनमा अलपत्र भएका नागरिकलाई सडकमा पुगेर खाना वितरण गर्दै आएको छ ।पार्टीका राष्ट्रिय अध्यक्ष प्रदीपविक्रम राणाले जेष्ठ ७ गतेबाट खाना खुवाउने अभियान सुरु गरिएको बताए । ‘कोरोना संक्रमणका कारण नागरिकहरुको दैनिकी कष्ठकर बनेकाले उनीहरुलाई खाना खुवाएका हौं’ उनले भने ‘पार्टी प्यालेसमा खाना पकाउँछौं र बेलुकीपख विभिन्न ठाउँमा पुगेर प्याकेटको खाना दिन्छौं ।’ उनले अहिलेसम्म झण्डै २ हजारलाई खाना खुवाइसकिएको दाबी गरेका छन् ।
‘नागरिकलाई समस्या पर्दा राजनीति गर्छु भन्ने दलहरु चुप लागेर बस्नु हुँदैन त्यसैले राजनीतिक धर्म निर्वाह गरेका हौं’ उनले भने ‘आफूलाई ठूलो हुँ भन्ने दलहरुले अहिलेसम्म जनताको लागि केही पनि गरेका छैनन्, उनीहरुले हामीबाट सिक्नुपर्छ ।’ उनले बानेशवर, बालाजु, स्वयम्भु, चावहिल, गोंगबु, गुहेश्वरीलगायतका ठाउँमा खाना खुवाइएको जनाए । उनले यो अभियानले निरन्तरता पाउने जनाएका छन् । राष्ट्रिय अध्यक्ष राणाका अनुसार गाडी र मोटरसाइकलमा राखेर खाना पुर्याइने गरिएको छ । सरकारले यो बेला नागरिकको रक्षा गर्न र कष्ठपूर्ण जीवन बाँचिरहेकाको पक्षमा केही राहत दिन नसकेको राणाको आरोप छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend