भन्ने गरिन्छ संसारमा अरु संग नड्राउनु डराए मानव संगै डराउनु । पछिल्लो समयमा यस्तै कुराको बाहुल्यता बढदै गएको छ । मानिस पैसाको लागी जे गर्न पनि त्यार भएको छ । लुकेर वा झुकाएर कसरी हुन्छ, आफनो स्वार्थ पूरा गर्न लागिरहेको छ । यस्तै घटना घटेको छ, भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा काभ्रेमा । मानसिक बिरामी रहेका एक युवकलाई झुक्याएर मिर्गौला निकालिए पछि अहिले मिगौला तस्करहरुको खैलावैला मच्चिएको छ । नाता प्रमाणीकरणको नक्कली कागजपत्रका आधारमा भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा काभ्रे, नालाका कुमार गिरीको मिर्गौला चोरी भएको तथ्य भेला परेको हो । गिरीलाई आफ्नो छोरो भएको भन्दै नक्कली कागजपत्र बनाएर गिरीको मिर्गौला निकालेर मोरङका थर्कबहादुर बस्नेतलाई प्रत्यारोपण पाईएको छ । प्रहरीले यस बिषयमा बस्नेतलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । वैशाख पहिलो हप्ता गिरीको मिर्गौला निकालेर बस्नेतलाई प्रत्यारोपण गरिएको पिडित आफन्तहरुले बताएका छन् । गिरीलाई बस्नेतका छोरा आशिष भएको भन्दै नाता प्रमाणिकारणका नक्कली कागजपत्र बनाएर मिर्गौला प्रत्यारोपण गरिएको हो। आशिष फरार रहेको प्रहरीले जनाएको छ ।नेपालको कानुन अनुसार नजिकका आफन्तबाहेक अन्यले मिर्गौला दिन मिल्दैन । साथै यो घटनाले डाक्टर र हस्पिटल माथि नै प्रश्न चिन्ह खडा गरेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend