काठमाडौं । युगकवि सिद्धिचरण श्रेष्ठको ११०औँ जन्मजयन्तिको अवसर पारेर आज जेठ ९ गते आइतबार युगकविको रचना एवं स्वरसम्राट नारायण गोपालको स्वर तथा संगीत रहेको गीत ‘मेरो प्यारो ओखलढुंगा‘’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
युगकवि सिद्धिचरण प्रतिष्ठानको निर्माण रहेको उक्त गीतको भिडियोलाई निर्देशक दिनेश डिसीले निर्देशन गरेका छन् ।
युगकविको बारेमा अध्ययन गर्न चाहने दुई विद्यार्थीको युगकविको जन्मस्थलसम्मको खोजमुलक यात्रालाई प्रस्तुत गरिएको यो भिडियोमा समीक्षा पोखरेल, महेश खड्का तथा दिनेश डिसीको अभिनय रहेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend