सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सरकार नागरिक बचाउने भन्दा पनि कुर्सी बचाउनेमा नै केन्द्रित

सरकार नागरिक बचाउने भन्दा पनि कुर्सी बचाउनेमा नै केन्द्रित

डा डिआर उपाध्याय,

सरकारले फेरी प्रतिनिधिसभा बिघटन गरेर मध्यावधि चुनावको घोषणा गरेको छ । बिपक्षी पाँच दलले यो कदम प्रतिगामी र अवैधानिक,असंवैधानिक भएको ठहर गरेको छ । हिजो बसेको बिपक्षी पाँच दलको बैठकले कानुनी बाटो र राजनीति बाटो समातेर यसको प्रतिवाद गर्ने जनाएको छ ।

बिभिन्न संघ संस्था देखी नागरिक तहवाट समेत यो कदमको चर्को बिरोध भएको छ । केही कानुनबिद्धहरुले पनि यो कदम असंवैधानिक भएको तर्क गरिरहेका छन । यो भन्दा पहिला पनि केपी ओलीको सिफारिसमा राष्टपतिवाट संसद बिघटन गरी मध्यावधि निर्वाचनको घोषणा भएको थियो ।

त्यो कदम असफल भएर अन्ततः संसद पुनस्थापना भएको थियो । त्यहीपुनस्थापित संसद फेरी बिघटन भएको छ । अव मुलुकको राजनीति कता जान्छ र के हुन्छ केही भन्न सकिने अवस्था छैन । बिपक्षी दलहरु चुनावमा सहभागी भएनन् भने अहिले घोषणा गरिएको चुनावको कुनै अर्थ छैन ।

अर्को कुरा कोरोना माहामारीले थिलै थिलो भएको अवस्थामा गर्न थालिएको चुनाव कस्तो होला ? भोट हाल्न को जाला ? यो माहामारीमा जनतालाई परेको पिर मर्का नबुझने दलहरु र तिनका नेतालाई कस्ले भोट दिने ? जनतालाई भ्रममा राखेर के फेरि जनता लुटने दाउ छ ? नेतागणहरु हो, आजको परिस्थिती हिजोको जस्तो छैन । अव चुनावमा नेताहरु जनतासंग भोट माग्न जादा जनताले ढुंगाले हान्न सक्छन ।

त्यो स्थिती नआउला भन्न सकिदैन । भारतको चुनावमा त्यस्तै घटना घटेका थिए । गाडीबाट थुतेर नेतालाई जनताले कुटने दिन आउन सक्छ । कारण के हो भने राजनीतिक दल र तिनका नेताहरु जनता प्रति इमान्दार भएनन् । राजनीतिलाई पेसा ब्यवसाय बनाए । जसले गर्दा आज नेपालको राजनीति दुर्गन्धित भइरहेको छ । सवै भन्दा पहिले यो सफा गर्न जरुरी छ ।

नेपाली जनता बहुत इमान्दार छन । यही इमान्दारीको फाइदा नेताहरुले लुटिरहेका छन । आज मलाई भन्न मन लाग्यो । कोरोना भाइरस संक्रमितको सहज रुपमा उपचार भएको छ की छैन ? निषेधाज्ञामा कोठामा थुनिएर बसेका श्रमजीवि बर्गको चुल्लो सम्म राहत पुगेको छ की छैन ? छैन यी र यस्ता कारणले जनताले भोली नेतालाई भाटा लगाउने छन । सरकारको महामारी नियन्त्रणको प्रयास त्यति प्रभावकारी छैन । यथार्थमा भन्नु पर्दा सरकार नागरिक बचाउने भन्दा पनि कुर्सी बचाउनेमा केन्द्रित छ ।

तसर्थ अब तपाई हामी नागरिक दलको पछि लागेर आफनो जीन्दगी बर्वाद गर्ने काम नगरौं । राजनीति नौटंकीको जालमा नफसौं । कार्यकर्ता पनि दलको गुलाम बन्न छाडेर राष्ट्रलाई दुर्घटना हुनबाट जोगाऊ। मुलुक र मुलुकवासीका लागि अव सोच्ने बेला आएको छ । नागरिक जीवन र मरणको दोसाँधमा छन्। यस बीच ओलीले पुनः संसद बिघटन गरेर मुलुकलाई संकटमा फसाएका छन ।

अस्पताल नपाएर संक्रमितहरू अस्पताल परिसर भरी, घर–घरमा, टोल–टोलमा छट्पटाउँदै जीवनरक्षाको गुहार गर्दैछन्। यो घडीमा दलहरु महामारीसँग जुध्न एकजुट हुन त कहाँ हो कहाँ सत्ता र शक्तिका लागि नै मरिमेटि गरे । प्रचण्ड, माधव कुमार नेपाल , झलनाथ खनाल , महन्थ ठाकुर , डा बाबुराम भट्टराई, उपेन्द्र यादव, कमल थापा, पशुपति शमशेर राणा, प्रकाश चन्द्र लोहोनी लगायत बिभिन्न दलका नेताहरुले टुइटर र फेसबुकमा स्टाटस् लेखेर मात्र होइन अव साँच्चै मुलुकप्रति गम्भिर बन्नु पर्ने बेला हो यो ।

सरकारको त भर भएन यहाँ। प्रतिपक्षी दलको जिम्मेवारी चाहिँ के त ? यसबेला राजनीतिलाई थाँती राखेर नागरिकका निम्ति सरकारलाई खबरदारी गर्ने की नगर्ने ? नागरिक आईसीयु नपाएर तड्पँदैछन्। यी दलका ठेकेदार भनाउँदाहरू राज्यको ढुकुटीको दोहन गर्दै छन ।

ऐस–आरामपूर्ण जीवन बिताउँदै छन । नागरिकको बाँच्न पाउने अधिकार खोसिएको अवस्थामा छ। नागरिकले खाईनखाई बचाएको पैसा लगेर लकडाउनकै बीचमा पनि कर तिर्छन्। तर सरकारले त्यसको दोहन गरिरहेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend