काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्व संचारमन्त्री गोकुल बाँस्कोटाले अब इच्छा अनुसारको समिकरण बनाएर चुनावी मैदानमा उत्रन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड–र एमालेका वरिष्ठ नेता माधव नेपाललाई आग्रह गरेका छन्। उनले जनताले चुनेको सरकारलाई पटक–पटक अप्राकृतिक समिकरणदेखि समिकरणसम्मको गोलचक्करमा रिङ्गाउने षडयन्त्र समाप्त भएको बताएका छन्। जनताले साथ दिए चौकादाउ हान्न पनि उनले आग्रह गरेका छन्। जनताले कोल्याप्स हान्दिए भने गुनासो नगर्न पनि उनको आग्रह छ।
‘अब माधव–प्रचण्डले कुण्ठित इच्छा अनुरुपको समिकरण बनाउनु र जनताले साथ दिएमा चौकादाउ हान्नु, जनताले कोल्याप्स हान्दिए भने सक्यो’, बाँस्कोटाले ट्विटरमा लेखेका छन्, ‘गुनासोको काम छैन। विधि,पद्दति लगेर कर्णालीमा सेलाउनु।’
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend