शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

रविन्द्र मिश्रले गरे ओलीलाई गम्भिर प्रश्न, तात्यो एकाएक राजनीति

रविन्द्र मिश्रले गरे ओलीलाई गम्भिर प्रश्न, तात्यो एकाएक राजनीति

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले प्रतिनिधि सभा विघटन गर्ने कदमलाई अपराधको पराकाष्ठा भनेका छन्। फेसबुकमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो बताएका हुन । विश्वासको मत नलिएका, त्यो प्राप्त हुन सक्ने स्थिति छैन भनेका, सरकार नेतृत्वको दाबी पनि अस्वीकृत भएका प्रधानमन्त्रीले संसद भंग गर्ने सिफारिश गर्न मिल्छ ? भन्दै उनले प्रश्न गरेका छन्।

मिश्रले प्रश्न गरेका छन् ‘देशका भूपू प्रमसहित सांसदहरूको किर्ते सही राष्ट्रपतिको कार्यालयमै पुगेपछि, त्यो पहिलेबाट छानबिन गर्न पर्छ कि पर्दैन ? शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको १२१ र जसपाको ३२ सांसद्को समर्थन रहेको भन्दै प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए। जबकि, ती पार्टीमै रहेका एमालेकै माधवकुमार नेपाल, झलनाथ खनाल तथा जसपाका डा बाबुराम भट्टराई लगायतले शेरबहादुर देउवाको निम्ति हस्ताक्षर गरेका थिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend