शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

राजनीतिमा फेरी नयाँ तरंग ल्याउने गरी माधव नेपालको भर्खरै आयो अहिले सम्मकै कडा अभिब्यक्ति

राजनीतिमा फेरी नयाँ तरंग ल्याउने गरी माधव नेपालको भर्खरै आयो अहिले सम्मकै कडा अभिब्यक्ति

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले संसद विघटन र निर्वाचनको घोषणा प्रतिगमन भाग २ भएको बताएका छन । उनले यसको सवैले डटेर प्रतिवाद गर्न आग्रह समेत गरेका छन् । शनिवार बिहान आफना बिचार सार्वजनिक गर्दै नेता नेपालले यस्तो बताएका हुन । उनले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताउँदै फेरी प्रतिगमन दोहोरिएको बताएका छन् । संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उद्घोष जालझेल भएको नेता नेपालको भनाई छ ।

उनले भनेका छन्–‘षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ। प्रतिगमन दोहोरिएको छ । संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ । यो प्रतिगमन भाग २ हो । केपी ओलीको यो कदमको भत्र्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु ।’

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend