शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

ओलीको भ्रममा नपरौं !पार्टी एकता जोगाऔं भन्दै बाबुराम भट्टराईले लेखे यस्तो स्टाटस्

ओलीको भ्रममा नपरौं !पार्टी एकता जोगाऔं भन्दै बाबुराम भट्टराईले लेखे यस्तो स्टाटस्

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले पार्टी एकता जोगाउन पार्टीका नेताहरुलाई अपिल गरेका छन्।

उनले सामाजिक सञ्जाल ट्विटरमार्फत् शनिबार र आइतबार (जेठ ८ र ९) हुने पार्टीको बैठकमा सहभागी भएर पार्टी एकता जोगाउन अपिल गरेका हुन्। उनले भ्रममा परेर प्रधानमन्त्री केपी ओलीको पछि नलाग्नसमेत आग्रह गरेका छन्।

जसपाका साथीहरूसँग आग्रहः बूढो बाघले सुनको बाला देखाएर भनेछ, जीवनभरको पाप कटनी गर्न बाला दान गर्छु ! लोभी बटुवा नजिक गएछ। बाघले एकै गाँस पारेछ। त्यस्तै संघीयता सुन्नै नचाहने ओलीले ऐले संकटमा परेपछि मधेसबारे गोहीको आँसु झार्दै छन्। भ्रममा नपरौं। जेठ ८,९ को बैठकमा सहभागी भएर पार्टी एकता जोगाऔं ! भट्टराईले लेखेका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend