काठमाडौं । नेपाली काँग्रेसका प्रभावशाली नेता तथा सांसद गगन थापाले एक दिन अघि मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले आफैले विश्वासको मत लिन सक्दिनँ भन्नु तर आज १५३ जनाको समर्थन रहेको दाबी गर्नु फेरि अर्को जालझेल भएको टिप्पणी गरेका छन । प्रधानमन्त्री ओलीले बहुमतको समर्थन छ भन्दै दाबी गर्नु अवैधानिक र अनैतिक भएको उनले सामाजिक संजाल मार्फत जनाएका हुन ।
उनले समाजिक सञ्जालमा यस्तो लेखेका छन्
१५३ जनाको समर्थन भएको भए सरकारले ७६(३)को विश्वासको मत लिने वैधानिक बाटो किन छोडेकोरुप्रमले नैुम विश्वासको मत लिन सक्दिन र पहिलाभन्दा तात्त्विक फरक छैन भनेर ७६(५)को सरकार गठनको ढोका खोल्ने,राष्ट्रपतिलेुविश्वासको मत प्राप्त गर्ने आधार नदेखिएकोुभन्दै आव्हान गर्ने। अब फेरी जालझेल !
यो प्रस्ट हुँदाहुँदै आज प्रमले बहुमतको समर्थन छ भन्दै दाबी गर्नु असङ्गत मात्र होइन अवैधानिक र अनैतिक छ। राष्ट्रपतिज्यू,तपाईंमा ओलीको जालझेल र अपराधमा साथ दिँदा लागेको दागै दाग छ।
महामहिमलाई परिस्थितिले अन्तिम पटक सुध्रिने मौका दिएको छ!! नभए भिर बाट खस्ने लाई राम राम !
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend