काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अब नागरिकलाई विकल्प खोज्ने अवसर दिनुपर्ने बताएका छन । प्रधानमन्त्रीका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको दाबीमा आधार नभएको भन्दै नेता थापाले विकल्प खोज्ने अवसर दिनुपर्ने बताएका हुन ।
उनले दुवै दाबी जाली र किर्ते भएको र दुवै खारेज गरी संविधानअनुसार चुनाव घोषणा गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन । उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् , ‘राष्ट्रपति महोदय, दुवै दाबीमा संविधानको धारा ७६ को उपधारा (५)अनुसार विश्वासको मत प्राप्त गर्ने आधार छैन । दुवै जाली र किर्ते हुन् । दुवै खारेज गरी संविधानअनुसार चुनाव घोषणा होस् ।’
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend