काठमाडौं । विपक्षी गठबन्धनले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्न आफ्नो हस्ताक्षर दुरुपयोग भएको भन्दै एमाले सांसद जयकुमार राईले राष्ट्रपतिलाई पत्र लेखेका छन् ।
शुक्रबार दिउँसो विपक्षी गठबन्धनले बुझाएको १४९ सदस्यको हस्ताक्षरमा आफ्नो नाम र हस्ताक्षर रहेको भन्दै सुनसरी क्षेत्र नम्बर १ का एमाले प्रतिनिधिसभा सदस्य राईले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ध्यानाकर्षण गराएका हुन् ।
‘म एमाले प्रतिनिधिसभा सदस्य हुँ’, राईले पत्रमा लेखेका छन्, ‘मैले मेरो पार्टी ध्यक्षको विरुद्धमा विपक्षी पार्टी नेतालाई प्रधानमन्त्री बनाउने गरी कुनै हस्ताक्षर नगरेको व्यहोरा जानकारी गराउँदछु ।’ राईसहित एमालेका अन्य केही सांसदले हस्ताक्षर दुरुपयोग भएको भन्दै आपत्ति जनाएका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend