शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

शीतलनिवासबाटै देउवालाई साक्षी राखेर बाबुरामले गरे राजनीतिमा तरंग ल्याउने गरी यस्तो ट्वीट

शीतलनिवासबाटै देउवालाई साक्षी राखेर बाबुरामले गरे राजनीतिमा तरंग ल्याउने गरी यस्तो ट्वीट

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि गरिएको प्रस्ताव टार्ने कुनै ठाउँ नभएको जिकिर गरेका छन् । देउवालाई प्रधानमन्त्री बनाउन दाबीका लागि शीतलनिवास पुगेका भट्टराईले पुनःजालझेल गर्ने प्रयास गरे भने आम जनता र सचेत नागरिकले यथोचित खबरदारी र प्रतिवाद गर्नुपर्ने बताएका हुन् ।

“धारा७६(२)वमोजिम१४९सांसदहरूले प्रमुख प्रतिपक्षी दलका नेतालाई प्रम नियुक्ति निम्ति गरेको प्रस्तावलाई कुनै किन्तुपरन्तुरजालझेल गरी टार्ने ठाउँ छैन। खुराफात शीरोमणिहरूले पुनःजालझेल गर्ने दुष्प्रयास गरे भने आम जनता र सचेत नागरिकले यथोचित खबरदारीरप्रतिवाद गर्नुपर्छ,” उनले भनेका छन् ।

१४९ सांसदको हस्तारसहित विपक्षी दल र नेकपा एमालेका नेता माधवकुमार नेपाल शीतलनिवासमा छन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend