काठमाडौँ । नेकपा माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक देव गुरुङले राष्ट्रपतिले संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठनको आह्वान गर्नु संसद भंग गरेर संविधान सिध्याउने डिजाइन अन्तर्गत भएको बताएका छन् । गुरुङले राष्ट्रपति र प्रधानमन्त्रीबाट संसद भंग गर्ने साथै संविधान सिध्याउने डिजाईन अन्तर्गत नयाँ सरकार गठनको आह्वान भएको बताए ।
राष्ट्रपति र प्रधानमन्त्रीबाट भएको षडयन्त्रलाई सफल हुन नदिन संसद र संविधानका पक्षधर दलहरुले अधिकतम कोसिस गर्नुपर्ने गुरुङले बताए । ‘यो षडयन्त्रको विरोध र भण्डाफोर गर्नुका साथै संसद विघटन गर्न नदिनका साथै संविधानको रक्षाका लागि के–के उपायहरु छन त्यसबारे यो संसद र संविधानका पक्षधर दलहरुले अधिकतम् कोसिस गर्नुपर्छ,’ गुरुङले भने ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहिबार साँझ प्रतिनिधिसभा सदस्यलाई संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीको लागि आधार प्रस्तुत गर्न शुक्रबार ५ बजेसम्मको समय दिएकी छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend