काठमाडौं । नेपाली कांग्रेसले आकस्मिक बैठक बोलाएको छ। बैठक शुक्रबार विहानका लागि बोलाइएको हो। विहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको ७६ (५) अनुसार सरकार बनाउने समय आव्हान गरेपछि कांग्रेसले आकस्मिक बैठक बोलाएको हो ।
राष्ट्रपतिको पछिल्लो आव्हानपछि पार्टीले लिने कदमका विषयमा छलफल गर्न शुक्रबार विहान बैठक बस्न लागेको कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए। शीर्ष तहका नेताको बैठक सभापति शेरबहादुर देउवा निवासमा बस्ने उनले बताए। प्रधानमन्त्रीले विश्वासको मत नलिने हो भने त्यसअघि राजीनामा दिनुपर्ने तर्क महतले राखे।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend