सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कृषियोग्य जमिन टुक्रयाउन नपाइने व्यवस्था कडाइका साथ लागू गर्ने कृषि मन्त्री चक्रपाणि खनालको अठोट

कृषियोग्य जमिन टुक्रयाउन नपाइने व्यवस्था कडाइका साथ लागू गर्ने कृषि मन्त्री चक्रपाणि खनालको अठोट

सरकारले नयाँ निती तथा बिभिन्न योजना अगाडी सारेको छ । कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणि खनालले कृषियोग्य जमिनलाई अन्य प्रयोजनका लागि प्रयोग गर्न नपाइने व्यवस्था गर्न लागिएको बताएका छन् । उनले नयाँ कृषि नीति ल्याएर कृषियोग्य जमिन टुक्रयाउन नपाइने व्यवस्था कडाइका साथ लागू गर्ने अठोट व्यक्त गरे ।
हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी (हिकास्ट)को १९औँ वार्षिकोत्सवका अवसरमा आयोजित अन्तक्र्रियामा उनले कृषि, बसोबास, उद्योगलगायत प्रयोजनका लागि जमिनको वर्गीकरण गरिने जानकारी दिए । नेपालमा कृषिको विकासका लागि छलफल, अनुसन्धान र नीतिगत व्यवस्था पर्याप्त भए पनि व्यवहारिक नभएकाले कृषि क्रान्ति हुन नसकेको उनको भनाइ छ । निजी क्षेत्रको पहिलो कृषि क्याम्पसका रुपमा स्थापना भएको हिकास्टले कृषि शिक्षा, अनुसन्धानलगायत काम गर्दै आइरहेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend