काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी भित्रको परिस्थितिमा कुनै बद्लाव नआएको र अन्यायको विरुद्ध विद्रोह निश्चित छ भन्दै प्रतिक्रिया दिएकी छिन । बिहीबार सामाजिक सञ्जालमार्फत माधव नेपाल पक्ष एमाले सांसद झाँक्रीले पार्टीमा उस्तै अहंकार रहेको र अन्यायको विरुद्ध विद्रोह निश्चित रहेको उल्लेख गरेकी छिन् । उनले पार्टीमा एउटा सानो ठाउँका लागि समेत संघर्ष गरिरहेको बताउँदै नवनिर्वाचित राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटालाई बधाई समेत दिएकी छिन् ।
झाँक्रीले लेखेकी छिन्– ‘संसद सदस्यबाट नै राजीनामा गर्न तयार हामीहरूलाई राष्ट्रियसभामा कसलाई भोट हाल्ने ? यो प्रश्न हाम्रो लागि मामुली प्रश्न हो । तर अहिले पार्टीभित्रै एउटा स्पेसका लागि संघर्षरत अवस्थामा छौं । पार्टी भित्रको परिस्थितिमा कुनै बदलाव आएको छैन। अहंकार उस्तै छ। अन्यायको विरुद्ध विद्रोह निश्चित छ । डा देवकोटालाई बधाई ।’
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend