सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बादलको पराजय भएपछि गोकुल बास्कोटाले माधवलाई दनक दिदै दिए यस्तो प्रतिक्रिया

बादलको पराजय भएपछि गोकुल बास्कोटाले माधवलाई दनक दिदै दिए यस्तो प्रतिक्रिया

Gokul Baskota

काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचनमा रामबहादुर थापा बादलको पराजय भएपछि एमालेका नेता गोकुल बास्कोटाले पराजयलाई दुध खुवाएर पालेका साँपले डसेको उल्लेख गदै प्रतिक्रिया जनाएका छन् । बिहिबार साँझ सामाजिक सञ्जालमार्फत पूर्वमन्त्री समेत रहेका बास्कोटाले यस्तो प्रतिक्रिया जनाएका हुन । उनले विपक्षीसँग कुनै गुनासो नरहेको भन्दै समयको अन्त्य नभई सुरुवात मात्र भएको बताएका छन् ।

बास्कोटाले लेखेका छन्– ‘दुध ख्वाएका साँपले डसेका हुन् । विपक्षीसँग कुनै गुनासो छैन, समयको अन्त्य हैन नयाँ सुरुवात मात्र ।’ आज भएको राष्ट्रियसभाको उपनिर्वाचनमा एमाले ओली समूहका उम्मेदवार रामबहादुर थापा बादल एमालेको माधव नेपाल समूह, माओवादी केन्द्र र काँग्रेसको संयुक्त गठबन्धनका उम्मेदवार खिमलाल देवकोटासँग पराजित भएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend