पोखरा । गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीमा पुनः राजीव गुरुङ नियुक्त भएका छन् । दोस्रो पटक मुख्यमन्त्री बनेका पृथ्वी सुब्बा गुरुङले बुधबार मन्त्री मण्डल विस्तार गर्दा दीपक मनाङेका नामले परिचित राजीव गुरुङलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
वैशाख १६ गते पहिलो पटक मनाङेलाई खेलकुद मन्त्री नियुक्त गरेपछि त्यसको दश दिन पछि मुख्यमन्त्री गुरुङले राजीनामा दिएका थिए । जसका कारण मनाङेले १० दिन मात्र मन्त्रालय सम्हाल्ने अवसर पाएका थिए । यसअघि समाजिक मन्त्रालयबाट खेलकुदलाई फुटाएर युवा तथा खेलकुद मन्त्रालय गठन गर्दै मनाङेलाई मन्त्री बनाइएको थियो ।
मुख्यमन्त्री गुरुङले ५ सदस्यीय मन्त्री मण्डल विस्तार गर्दा यसअघिकै मन्त्रीहरुलाई निरन्तरता दिएका छन् । किरण गुरुङ,रामशरण बस्नेत, नरदेवी पुन मगर र विकास लम्सालले बुधबार सपथ लिएका थिए । मनाङे भने काठमाडौंमा रहेका कारण सपथमा उपस्थित थिएनन् । अधिकांश यसअघिको मन्त्री परिषद्मा पनि थिए । मनाङ ख बाट मनाङे स्वतन्त्रबाट निर्वाचित भएका थिए । उनी पछि नेकपा एमालेमा प्रवेश गरेका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend