काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगनकुमार थापाको निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नम्बर ४ मा निःशुल्क यातायात सेवा सञ्चालन गरिएको छ । सांसद थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत सेवा शुरू भएको जानकारी दिएका हुन ।
उनले ट्विटरमा लेखेका छन्, ‘घरमै आइसोलेसनमा रहनुभएकालाई अस्पताल जानआउन, परीक्षण गर्न वा आइसोलेसन सेन्टर जानको लागि नेपाली कांग्रेस काठमाडौं क्षेत्र ४ को नेतृत्वमा निःशुल्क यातायात सेवा शुरू गरेका छौं ।’
यातायात सेवा लिन काठमाडौं महानगरपालिकातर्फ ९८५१०९६३०३, बुनपातर्फ ९८५१०६५२५६ वा ९८५१०७२१२९ वा हटलाइन नम्बर ९८६०३४०५८७ मा सम्पर्क गर्न सकिने सांसद थापाले जनाएका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend