शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

बस दुर्घटना हुँदा चार जनाको मृत्यु

बस दुर्घटना हुँदा चार जनाको मृत्यु

नवलपरासी । नवलपरासी पश्चिमको दाउन्नेमा बस दुर्घटना भएको छ ।प्रहरीका अनुसार दुर्घटनामा चार जनाको ज्यान गएको छ ।

काठमाडौँबाट रुकुम पश्चिमको लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दाउन्नेको जंगलमा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा चार जनाको घटनास्थलमै ज्यान गएको छ । दुघर्टनामा घाइते भएर पनि भागेका बस चालकलाई प्रहरीले पक्राउ गरेर अस्पताल पुर्‍याएको छ । निषेधाज्ञामा पनि बसले कसरी मान्छे बोकेर हिँड्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend