सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

यी अस्पतालमा ५ सयभन्दा धेरै बेड खाली (मन्त्रालयको सूचीसहित)

यी अस्पतालमा ५ सयभन्दा धेरै बेड खाली (मन्त्रालयको सूचीसहित)

काठमाण्डौ । सरकारले काठमाण्डौ उपत्यकाका विभिन्न अस्पतालमा ५ सयभन्दा बढी बेड खाली रहेको जनाएको छ । कोरोना सङ्क्रमितले सहज रुपमा बेड पाउन नसकेको गुनासो गरिरहँदा सरकारले यस्तो जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार काभ्रेको धुलिखेलसहित काठमाण्डौका ठूला १८ वटा अस्पतालमा ५ सय १७ वटा बेड खाली रहेका छन । मन्त्रालयका अनुसार यी सबै अस्पतालमा गरी २ हजार २ सय ८६ आइसोलेशन रहेकोमा १ हजार ८ सय ८५ मा मात्र बिरामी छन् । अरु ४ सय १ आइसोलेशन खाली छन् ।

यस्तै यी अस्पतालमा रहेका ४ सय ४२ वटा आईसीयूमध्ये ३ सय ९१ मा बिरामी छन् । बाँकी ५१ वटा आईसीयू खाली छ । २ सय १२ वटा भेन्टिलेटरमध्ये १ सय ४७ मा बिरामी रहेका र बाँकी ६५ वटा भेन्टिलेटर खाली रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले बेडको लागि सम्पर्क गर्न केही अस्पतालका सम्पर्क व्यक्तिको मोबाइल नम्बर पनि दिएको छ । मन्त्रालयले सार्वजनिक गरेको सूची हेर्नुहोस्

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend