शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

निषेधाज्ञा कार्यान्वयन सन्तोषजनकः गृह मन्त्रालय

निषेधाज्ञा कार्यान्वयन सन्तोषजनकः गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले निषेधाज्ञा कार्यान्वयनको अवस्था सन्तोषजनक रहेको जनाएको छ। कोरोना संक्रमण महामारी नियन्त्रण तथा रोकथामका लागि हाल ७० जिल्लामा पूर्ण र ४ जिल्लामा आंशिक निषेधाज्ञा रहेको उल्लेख गर्दै गृहले कार्यान्वयनको अवस्था सन्तोषजनक रहेको जनाएको छ। गृहले निषेधाज्ञालाई प्रभावकारी कार्यान्वयन गर्नुको विकल्प नरहेको भन्दै असहज परिस्थितीलाई सहजपूर्ण र सामान्य बनाउनु पनि उत्तिकै महत्वपूर्ण रहेको जनाएको छ।

गृह मन्त्रालयका अनुसार हाल मनाङ, मुस्ताङ र तेह्रथुममा मात्र निषेधाज्ञा छैन। निषेधाज्ञा उल्लंघन गर्ने २१ हजार ९ सय ४२ जनालाई जरिवाना गरिएको र ४ लाख ३७ हजार १ सय १४ जनालाई मास्क वितरण गरिएको गृहले मंगलबार जारी विज्ञप्तीमा उल्लेख गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend