काठमाडौं । नरहरी बुटीले कोरोना निको हुने दाबी गरेपछि यो औषधी खाने र खोज्नेको लहर नै चलेको छ । योगी नरहरीनाथले पत्ता लगाएका हुनाले यसको नाम नरहरी बुटी राखिएको देवेन्द्र पोखरेलले बताए । ‘यो औषधी पत्ता लागेपछि कोरोना संक्रमितहरुमा आशा पलाएको छ, जसले खाएका छन् उनीहरुले अहिलेसम्म कुनै गुनासो गरेका छैनन्’ उनले भने ‘ कोरोना संक्रमण नभएकाले पनि खान मिल्ने भएकाले यसको थप प्रभावकारिता बढेको छ ।’ पोखरेलले औषधीले काम गर्न थालेपछि देशैभरबाट माग भएको पनि बताएका छन् । ‘सुरुमा त मानिसले पत्याएनन्, नयाँ भएपछि नपत्याउनु् पनि स्वभाविक नै हो तर प्रयोग गर्नेले नै चर्चा गर्न थालेपछि बजारमा माग बढेको छ’ पोखरेलले भने ‘कतिपय ठाउँबाट यो औषधी हो कि होइनन् भनेर सोध्ने पनि गरेका छन्, यहीँबाट सल्लाह र सुझाव दिन्छौं, त्यही बोलाए भने पनि जाने योजना बनाएका छौं ।’
पोखरेलले औषधीको थप परीक्षण गर्न पनि सरकारलाई आग्रह गरेका छन् । कसैलाई विश्वास नलागे वा शंका छ भने सरकारी निकायले परीक्षण गरे हुन्छ भन्ने पोखरेलले यसले ‘साइड इफेक्ट’ नगर्ने पनि स्पष्ट पारेका छन् । पाकेको केरामा हालेर मालेर यो प्रयोग गर्न सकिन्छ । ५–७ वटा पात केराभित्र मोलेर खान उनले सल्लाह दिएका छन् । लाजिम्पाटको एक आफ्नै होटलमा दिनभर बस्दै आएका पोखरेलले त्यहाँ बसेर सेवाग्राहीलाई औषधी खाने र बनाउने तरिका पनि सिकाउँदै आएका छन् । यो औषधी प्रेसर, सुगर, डाइबेटिज भएकाका लागि पनि उपयोगी हुने उनको दाबी छ । पोखरेलले जस्तोसुकै फ्लुका साथै यो औषधीले एक हजार ८ वटा रोगको निधान गर्ने पनि जनाएका छन् । औषधीलाई प्रेम कैदी र प्रेम गौतमले अभियानकै रुपमा अघि बढाएका छन् ।
उनीहरुले अहिलेसम्म सबैलाई निःशुल्क उपलव्ध गराएका छन् । पोखरेल ९८५१०१९७३४ र गौतम ९८४०७२७२०३ मा सम्पर्क गर्न पनि उनीहरुले आग्रह गरेका छन् । ‘यो असहज अवस्थामा सबैको सेवा गर्नुपर्छ भनेर अभियान चलाएका हौं, जति फोन आए त्यति नै खुशी हुन्छौं’ पोखरेलले भने ‘ यो औषधी विभिन्न ठाउँमा पाइन्छ तर चिन्न भने सक्नुपर्छ, अहिलेसम्म सबैले निको भएको नै प्रतिक्रिया दिएपछि हामी पनि उत्साहित भएर सेवाको मात्रा बढाएका छौं ।’


© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend