काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले देश गम्भीर संकटमा फस्न लागेको बताएका छन् ।
मंगलबार बिहान समाजिक सञ्जाल ट्वीटरमार्फत डा भट्टराईले एकातिर कोरोना महामारी अर्कोतिर अन्त्यहीन राजनीतिक गतिरोधका कारण देश संकटमा फस्न लागेको बताएका हुन् ।
‘देश गम्भीर संकटमा फस्दैछ । एकातिर कोरोना महामारी,अर्कोतिर अन्त्यहीन राजनीतिक गतिरोध / न ओली सरकारले नीतिरकार्यक्रम र बजेट पास गर्न सक्छ न बैकल्पिक सरकार बन्न /’, डा भट्टराईले भनेका छन्,
‘संविधानका स्तम्भ एकएक गरी ढल्दैछन् / सबै पार्टीरनेता निरीह १ सर्पको मुखका भ्यागुता / अनि राष्ट्रिय एकताको कुरा गर्नु अपराध हुन्छ र?’ 
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend