शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

किशोरी करणीका आरोपित अध्यक्ष यादव कारागार चलान

किशोरी करणीका आरोपित अध्यक्ष यादव कारागार चलान

काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्र यादव पूर्पक्षका लागि कारागार चलान भएका छन्। उनलाई सोमबार जिल्ला अदालत सुनसरीका न्यायाधीश टिकेन्द्र दाहालको इजलासले पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो। जिल्ला अदालतको आदेशसँगै यादवलाई थुनामा राख्नका लागि क्षेत्रीय कारागार झुम्का लगिएको छ।

१७ बर्षकी किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो। पीडित पक्षको किटानी जाहेरी, प्रहरी प्रतिवेदन, पीडितको स्वास्थ्य परीक्षण, घटनास्थलको अवस्थाको आधारमा थप अनुसन्धान गर्नुपर्ने भन्दै उनलाई कारागार चलान गरिएको बताइएको छ।

यादवलाई इलाका प्रहरी कार्यालय धरानको टोलीले गत वैशाख ८ गते साँझ धरान–४ को एक लजबाट पक्राउ गरेको थियो। सरकारी गाडीमा किशोरी लिएर होटलमा पुगेको सूचनाका आधारमा यादव पक्राउ परेका थिए।

यादवले लामो समयदेखि इटहरी घर भएकी बालिकालाई जागिर लगाइदिने प्रलोभन दिएर करणी गर्दै आएको खुलेको प्रहरीले जनाएको छ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend