सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कर्मचारीको सेटिङ आतङक, मलेसियन पासपोर्ट लिएर नेपालबाट उडेका श्रीलंकनलाई कतारबाट फर्काइयो

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कर्मचारीको सेटिङ आतङक, मलेसियन पासपोर्ट लिएर नेपालबाट उडेका श्रीलंकनलाई कतारबाट फर्काइयो

नेपालको एक मात्र अन्तराष्ट्रिय बिमान स्थल हो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल । जहाँ वैदेशिक रोजगारीमा जाने कामदार देखी बिभिन्न कामको शिलशिलामा अर्को मुलुक जाने गर्छन । बढी मात्रमा भिडभाड हने कार्यालयको रुपमा यो बिमान स्थल पर्छ । यो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल माथि पटक पटक प्रश्न चिन्ह खडा हुने गर्छ । अहिले चर्चामा रहेको सुन तस्करी देखि सवै तस्करी भएको समाचार बारम्बार आउने गर्छन्् । साथै वैदेशिक रोजगारीमा जाने कामदारलाई पनि बिमान स्थलका कर्मचारीले त्यतिकै मात्रामा दुख दिने गरेको पाइन्छ । अध्यागमन कार्यालयबाट ठूलो संख्यामा कर्मचारी हेरफेर पनि भईरहन्छ तर बदमासी रोकिएको छैन । यस्तै तीन श्रीलंकन नागरिक मलेसियाको पासपोर्ट लिएर नेपालको विमानस्थलबाट उडेको खुलासा भएको छ ।
कतारस्थित अध्यागमनले उनीहरुलाई नेपालमा फर्काइदिए पछि यो कुरा बाहिर आएको हो । अध्यागमनका कर्मचारीको मिलेमतोमा उडेको पाईएको छ । फर्काइएकाहरुमा मुगुन्टान गानासान, देसानी पेथिमुथु, नागेश्वरी अरुमासान रहेको पाईएको छ । उनीहरु अध्यागमन विभागको हिरासतमा रहेको अध्यागमनले जनाएको छ । उनीहरुको पासपोर्ट तथा भिसा अवैध भएको भन्दै कतारले बुधबार नेपाल फर्काइदिएको हो । नेपालको अध्यागमनमा सेटिङ मिलाउन सजिलो हुने भएकाले नेपाललाई ट्रान्जिट बनाएर अस्ट्रिया जाने प्रयास गरेको आशंका गरिएको छ । अध्यागमनमा हुने सेटिङ कर्मचारीले पैसा लिएर गर्ने गर्छन्् । यो अहिले मात्र नभई दैनिक यस्तो काम भईरहेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend