काठमाडौं, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज (आइतबार) अन्तिम दिन रहेको छ । कम्पनीले बैशाख ६ गतेदेखि एक कित्ता शेयर बराबर नयाँ ०.५ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन खुला गरेको हो।
कम्पनीले एक सय रुपैयाँ अंकित दरका ५२ करोड ४१ लाख १९ हजार ७०० रुपैयाँ बराबरको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद जारी गरेको हो।
हकप्रद निष्काशनका लागि कम्पनीले चैत ९ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। यसअनुसार चैत ८ गतेसम्म कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।
कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। हकप्रदमा मुक्तिनाथ क्यापिटल, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, ट्रेड टावर, थापाथली, मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन पाउनेछन्।
हकप्रद शेयर निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। । यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।
हाल १ अर्ब ४ करोड ८२ लाख ३९ हजार ४०० रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशनपछि १ अर्ब ५७ करोड २३ लाख ५९ हजार १०० रुपैयाँ पुग्नेछ। यो समाचार आजको अर्थ डटकमले लेखेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend