बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

भ्रष्टाचारीको निर्दा हराउने गरी प्रधानमन्त्री ओलीको आयो यस्तो कडा निर्देशन

भ्रष्टाचारीको निर्दा हराउने गरी प्रधानमन्त्री ओलीको आयो यस्तो कडा निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड महामारीका बेला आवश्यक सामाग्री खरिदका क्रममा भ्रष्टाचार गर्नेलाई कडा कारवाही गर्ने चेतावनी दिएका छन् । कोभिड–१९ महामारीका कारण उत्पन्न संकट समाधानका लागि शनिबार बालुवाटारमा सरोकारवाला निकायसँगको छलफलका क्रममा यस्तो बताएका हुन । उनले सामाग्री खरिदका क्रममा भ्रष्टाचारको कुरा उठेको भन्दै भ्रष्टाचार गर्ने कसैलाई पनि नछाडिने बताए ।

प्रधानमन्त्री ओलीले अक्सिजन आयातको सबै व्यवस्था मिलाउन र नेपालमा पनि उत्पादनका साथै सहज बितरण गर्न निर्देशन दिए । उनले सावधानि नअपनाएका कारण नै नेपालमा दोस्रो चरणको कोरोना महामारी फैलिएको धारणा राखे ।

प्रधानमन्त्री ओली कोरोना महामारी न्युनिकरण र नियन्त्रणका लागि सरकार गम्भीर रहेको बताए । उनले सवै सरोकारवालाहरुको सहभागीता आवश्यक रहेको बताए । सरकारी संयन्त्रबीच नै कोर्डिनेशनको अभाव देखिएको र यसको प्रभाव कोरोना उपचारमा देखिएको उनले उल्लेख गरे ।कोरोना रोकथाममा गरेका सरकारी प्रयासलाई नकारात्मक रुपमा टिप्पणी र भ्रम नछर्न उनले संचारकर्मीहरुलाई आग्रह गरे ।

सरकारको सम्पूर्ण ध्यान अब कोभिड संकट नियन्त्रण रोकथाममा केन्द्रित रहेको उनको भनाई छ । छलफलमा सरकारका सबै मन्त्री, सम्बन्धित उच्च सरकारी अधिकारी र विज्ञसहित सहभागी थिए । उनीहरुले कोरोना नियन्त्रण र उपचारका लागि सुझाव पनि दिएका छिन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend