काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहलाई कारवाहीको तयारी थालेको छ । यादव–भट्टराई पक्षले ठाकुर–महतोसहितका नेतालाई अनुशासन कारवाही गर्नेबारे कार्यकारिणी समिति बैठक बोलाएर छलफल थालेको छ । केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको विधान विपरीत संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरेको प्रचार गरिनु अनैतिक ठहर गरेको छ । बैठकपछि यादव पक्षका सांसद रामबाबु यादवले संसदीय दलको विधान नै नबनेको अवस्थामा दलको नेता चयन गर्नेहरु कारवाहीको भागीदार हुने बताए । आजको कार्यकारिणी समितिको बैठकमा पार्टीभित्र बढेको विवाद र ठाकुर पक्षलाई सामना गर्ने विषयमा छलफल भएको छ । तर, यादव–भट्टराई पक्षले बोलाएको बैठकलाई अर्का अध्यक्ष ठाकुरले पार्टीको आधिकारिक बैठक नभएको भन्दै आजै एक विज्ञप्ति निकालेर ध्यानाकर्षण भएको जनाएका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend