काठमाडौं । दैलेखमा आफ्नै बुबाको हत्या गरेको अभियोगमा छोरा पक्राउ परेका छन् । आफ्नै ४७ वर्षीय बुबा नकुल बुढाको हत्या गरेको अभियोगमा डुङ्गेश्वर गाउँपालिका ६ डुङ्गेश्वर बजार बस्ने २१ वर्षीय विकाश बुढालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । विकाशले आफ्नै बुबालाई बन्चरो प्रहार गरी हत्या गरेका हुन । गम्भीर घाइते नकुलको स्थानिय मेडिकल डुङ्गेश्वरमा उपचारको क्रममा मृत्यु भएको थियो । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend