सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अक्सिजनको चरम अभाव भइरहेका बेला बालुवाटारमा सर्वपक्षीय बैठक

अक्सिजनको चरम अभाव भइरहेका बेला बालुवाटारमा सर्वपक्षीय बैठक

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा सर्वपक्षीय बैठक राखेका छन् । कोरोना भाइरस संक्रमणको महामारी बढेर अक्सिजनको चरम अभाव भइरहेका बेला ओलीले बालुवाटारमा सर्वपक्षीय बैठक राखेका हुन ।

बैठकमा कोरोना संकट समाधानका उपायबारे छलफल भइरहेको छ । कोभिडको उपचार हुने अस्पतालहरूमा अक्सिजनको सहज आपूर्तिको व्यवस्था मिलाउने उपायबारे बैठकमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ । बैठकमा प्रधानमन्त्री ओलीसहित मन्त्रीहरू, मन्त्रालयका उच्चस्तरीय कर्मचारीहरू र संक्रामक रोग विज्ञ, अस्पताल सञ्चालक, अक्सिजन उद्योग सञ्चालकलाई सहभागी गराइएको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend