बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

प्रधानमन्त्रीलाई भावुक बनाउने गरी गगन थापाले लेखे यस्तो स्टाटस्

प्रधानमन्त्रीलाई भावुक बनाउने गरी गगन थापाले लेखे यस्तो स्टाटस्

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यो मौका खेर नफाल्न भिडिओ मार्फत आग्रह गरेका छन्।
शनिबार सामाजिक सञ्जाल मार्फत थापाले कोरोनाभाइरसको महामारीसँग जुध्न आग्रह गरेका छन्। पुनः प्रधानमन्त्री भएको प्रसंगलाई इङ्गित गर्दै थापाले भनेका छन्, “फेरि एक पटक मौका पाउनुभएको छ। यो मौकालाई खेर नफालौं।”

राजनीतिक असहमतिलाई पन्छाएर महामारीसँग जुध्न सँगै काम गर्न तयार रहेको उनले बताएका छन्। थापाले भनेका छन्, “अब केही दिन तपाईं अन्य सबै कुरा छोडेर मन, ध्यान, शक्ति, ऊर्जा, संयन्त्र सबै महामारीसँग जुध्न लगाउनुहोस्। हामी पनि अबको केही समय तपाईंसँगका सबै असहमतिलाई बिसाएर जनताको जीवनरक्षा गर्न तपाईंको साथमा उभिनेछौं।”

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend