सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाल कम्युनिष्ट पार्टीको पहिलो बैठक आज बस्ने

नेपाल कम्युनिष्ट पार्टीको पहिलो बैठक आज बस्ने

kf6L{ PsLs/0f 3f]if0ff sfo{qmd /fli6«o ;efu[x sf7df8f}Fdf laxLaf/ g]kfn sDo'lgi6 kf6L{sf] PsLs/0f 3f]if0ff sfo{qmddf cWoIfnufot ;xefuL g]tfx? . t:jL/ M gjLg kf}8]n, /f;;

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पहिलो बैठक आज बस्ने भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा बनेपछि पहिलो बैठक बस्न लागेको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बस्न लागेको हो । पहिलो बैठक भएकाले विधि र प्रक्रियामा छलफल हुने एक नेताले बताए ।
पार्टी एकीकृत भएपछि पहिलो बैठक भएका हुनाले पार्टी सञ्चालन विधि, एकीकरणको उद्देश्य लगायतका विषयमा अध्यक्षद्वयले ब्रिफिङ गर्ने छन् । पहिलो बैठक भएका हुनाले परिचय भेटघाट र पार्टीका अध्यक्षबाट केही निर्देशन आउने बताइएको छ । नेकपा संसदीय दलको बैठक जेठ ८ गते बसेको थियो । जेठ ३ गते घोषणा भएको नेकपाको कार्य समिति ४४१ सदस्यीय रहेको छ । त्यसमा ४५ सदस्यीय स्थायी समिति र नौ सदस्यीय सचिवालय रहेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend