काठमाडौं । कोरोना संक्रमण बढेसँगै चन्द्रागिरी नगरपालिकाले थप कडाई गरेको छ । घर बाहिर समेत हिडडुल गर्न प्रतिवन्ध लगाएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै यस्तो कडाई गरेको हो । जेठ १ गतेदेखि ७ गतेसम्म घर बाहिर हिडडुल गर्न पूर्णरुपमा रोक लगाएको छ ।
औषधी पसल र स्वास्थ्य संस्थाका अत्यावश्यक सेवा बाहेकका अन्य सेवा र सबै सरकारी तथा निजी कार्यालय,बैंक तथा वित्तीय संस्थाका सेवासमेत सम्पूर्ण रुपमा बन्द गरि नगर क्षेत्रलाई सिल गरेको छ।
सम्पुर्ण खाद्यान्न पसल, किराना पसल, मासु पसल, फलफुल तथा तरकार पसल समेत बन्द हुने नगरप्रमुख घनश्याम गिरीले अत्यन्त जरुरी सूचना जारी गराएका छन्। खानेपानी ढुवानीका साधान,दुग्ध उत्पादन र दुध ढुवानीका साधानलाई स्वास्थ्य सुरक्षा मापदण्ड लगायतको पालना गरेर सञ्चालन गर्न दिने सूचनामा उल्लेख छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend