बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

ओली- नेपाल बीच बार्ता भइरहेका बेला प्रधानमन्त्रीका सल्लाहकारले दिए बार्ता बिरोधी अभिब्यक्ति(भिडिओसहित)

ओली- नेपाल बीच बार्ता भइरहेका बेला प्रधानमन्त्रीका सल्लाहकारले दिए बार्ता बिरोधी अभिब्यक्ति(भिडिओसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराईले प्रधानमन्त्री तथा अध्यक्ष ओली माधव नेपालसँगको सहमति गर्दा ब्याक भएको भन्न नमिल्ने टिप्पणी गरेका छन । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । नेता नेपालहरुले एमालेमा फर्कने भनेर रियलाईजेशन गरेकोले सहमति भएको उनको भनाई छ । उनले नेपाल पक्षसँग ०७५ जेठ २ गते फर्कने भनेर सहमति नभएको पनि जिकिर गरे । त्यस्तै, फागुण २८ गतेको निर्णय र त्यसपछिका बैठकका निर्णयपनि कुनैपनि हालतमा फिर्ता नहुने दाबी गरे ।

प्रधानमन्त्री ओलीले दलहरुसँग विश्वासको मत मागिरहेको बताउँदै विश्वासको मत नपाए मुलुक चुनावमा जाने दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले अब संसदमा विश्वासको मत नपाए मुलुक निर्वाचनमा नै जाने उनको भनाई छ । उनले जनता समाजवादी पार्टी, नेपाललाई सरकारमा ल्याउनको लागि प्रयत्न भैरहेको बताए । माधव नेपाल पक्षधर नेताहरुले अब एमालेमै फर्कने भनेर रियलाईजेशन गरेकोले नै सहमति भएको उनको टिप्पणी छ ।

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend