सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सवैले धर्य गरौं, हतास मनस्थिती नवनाऔं, आत्मवलले मान्छेलाई बाँच्न सिकाउँछ

सवैले धर्य गरौं, हतास मनस्थिती नवनाऔं, आत्मवलले मान्छेलाई बाँच्न सिकाउँछ

डा डिआर उपाध्याय,

अहिले हामीे कोरोना महामारीसँग लडिरहेका छौँ। यति बेला हामीलाई ठूलो सकस परिरहेको छ । रातमा निर्दा लाग्दैन । दिनमा छटपटि छुटछ । घरमा बसिरहँदा मनमा अनेक कुरा खेलिरहन्छन । आज देशका बिभिन्न ठाउँमा कोरोना भाइरसको दोस्रो लहर फैलिरहेको छ । यो महामारी नियन्त्रणका लागि देशका बिभिन्न ठाउँहरुमा निषेधाज्ञा जारी छ ।

सवैले सामाजिक दुरी पनि पालना गरिरहेका छौं । तर पनि अझै कोरोना भाईरस नियन्त्रणमा आउन सकेको छैन । महामारी नियन्त्रणको लागी अव सवैले आआफ्ना स्थानबाट महत्वपूर्ण भूमिका खेल्नु पर्ने आबश्यकता छ। यो महामारी नियन्त्रण गर्न सरकारको मात्र एकल प्रयासले सम्भव छैन । सरकारलाई सघाउन सवैले महत्वपूर्ण भूमिका खेलौं ।

कोरोना संक्रमणले डर लाग्दो रुप लिदै आएको छ । सवैले धर्य गरौं, हतास मनस्थिती नवनाऔं । आत्मवललाई उच्च बनाऔं । आत्मवलले मान्छेलाई बाँच्न सिकाउँछ । मनमा अनाबश्यक कुरा खेलाएर नबसौं । यो फुर्सदका बेलामा बिभिन्न किसिमका आत्मवल बढाउने र उर्जा दिने खालका पुस्तक पढेर समय बिताउने काम गरौं ।

महामारी नियन्त्रण सरकारको वशमा छैन । आर्थिक रूपमा विश्वमै शक्तिशाली मानिएका देशहरूलाई समेत यो कोरोना भाईरसले अत्तायो । गत बर्ष कोरोना भाईरस एक देशबाट अर्को देशमा सल्किएर विश्वव्यापी बन्यो । पछिल्लो समयमा आएर इटालीमा पनि माहामारीले ठूलो रुप लियो । चीनले इटालीसम्म चिकित्सकसहित स्वास्थ्य सामग्री पठायो र ठूलो साथ दियो ।

महामारीमा त्यस देशका जनता एक भए । इटालीवासीले नियन्त्रणपछि केही समय आरामको श्वास फेरेका छन । सामूहिक अभियान र प्रतिवद्धता महत्वपूर्ण कुरा रहेछ । अहिले नेपाल स्वास्थ्य संकटमा गुज्रिएको छ । छिमेकी मुलुक भारत आफंै कोरोनाको दोस्रो लहरले थलिएको छ, चीन सहयोग दिन र महामारी नियन्त्रण ल्याउनमा व्यस्त छ ।

यहि बेलामा राजनीतिक दलहरु सरकार बनाउने खेलमा लागे । हाम्रो आफनै लापरवाहीले गर्दा महामारीको क्षति पहिलो लहरमा भन्दा दोस्रो लहरमा बढी बेहोर्नु परेको छ । योे कुरा हामी सवैलाई अवगत नै छ । अव यो विषयमा चिन्तन मनन गर्ने समय घर्किएको छ, अब स्वास्थ्य संकट व्यवस्थापन कसरी गर्ने भन्ने सवैलाई चिन्ता छ । महामारी नियन्त्रणमा नआए सम्म सबैले सामाजिक दुरी कायम राख्नु पर्छ ।

यो नियन्त्रणका लागी हामी सवैले हातेमालो र सामूहिक प्रतिवद्धता गर्नु पर्ने आबश्यकता छ । स्वास्थ्यकर्मी, सुरक्षा कर्मी, संचारकर्मी दिन, रात परिवार नभनी आफनो स्वास्थ्य समेत जोखिममा राखी संक्रमितको उपचार र सेवामा खटिरहेका छन । यो माहामारीका बेला संचारकर्मीहरु छिनछिनको समाचार संकलनमा खटिरहेका छन । स्थलगत रिपोटिङमा खटिएका संचारकर्मी पनि धेरै जोखिममा छन । अझै पनि संचारकर्मी संक्रमित छन ।

संक्रमित संचारकर्मीहरुले ज्यान समेत गुमाएका छन । स्वास्थ्यकर्मी, सुरक्षा कर्मीहरु पनि संक्रमित भएका छन । सरकारले उनीहरुका बारेमा बिशेष सोच्नु पर्छ । अहिले यो कोरोना संक्रमणवाट कोही अछुतो छैन । त्यसैले यो कोरोना संग कसैले खेलवाड नगरौं । शवलाई ब्यवस्थापन गर्ने काम सुरक्षाकर्मीले गरेका छन ।

अप्ठ्यारो बेलामा साथ र सहयोग गर्नु मानव धर्म पनि हो । आमनागरिकले लकडाउन र निषेधाज्ञालाई मुख्यरूपमा पालना गर्नुपर्ने देखिन्छ । सत्ताको नेतृत्व गरेको दलले मुख्य रुपमा नागरिकको सुरक्षाको जिम्मेवारी बहन गर्न सक्नु पर्छ ।

अहिले यो बाहेक अन्य कुरा सोच्ने बेला छैन । यो माहामारीका समयमा दलका प्रमुख नेताहरु मिलेर कोरोना नियन्त्रणमा ल्याउने कुरामा ध्यान दिनु पर्छ । त्यसैले अब सत्ता स्वार्थ र पार्टी स्वार्थको राजनीति छाडेर राजनीतिक दल र तिनका नेताहरु स्वास्थ्य संकट व्यवस्थापनमा सामूहिक प्रतिबद्धता सहित लाग्नु पर्छ । लेखकः बिश्वकीतिमानी ब्यक्तित्व हुन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend