बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

ओली जेठ २ मा फर्कन तयार भए पछि नेपाल समूहमा छायो खुसियाली

ओली जेठ २ मा फर्कन तयार भए पछि नेपाल समूहमा छायो खुसियाली

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओली २०७५ जेठ २ बाट अघि बढ्न सहमत भएको बताएका छन्।

बिहीबार भएको दुई नेताको छलफलमा ओली फागुन २८ गते केन्द्रीय समितिको बैठकबाट भएका निर्णय फिर्ता लिन पनि सहमत भएको बताए। संघीय संसद भवनमा शुक्रबार कोरोनाविरुद्धको खोप लगाएपछि पत्रकारहरूसँग उनले आफूहरूको बटम लाइनअनुसार नै ओली अगाडि बढ्न तयार भएको बताए।

‘ उनले भने, ”फागुन २८ गतेको निर्णय फिर्ता लिने र जेठ २ गतेको अवस्था फर्काउने हाम्रो बटमलाईन थियो। त्यसमा ओलीजी सहमत हुनुभएको छ। पार्टी मोडालिटीको बारेमा छलफल गर्ने भन्नुभएको छ। उनले भने, ”त्यसमा पनि केही स्पष्टताको आवश्यकता पर्ला। छलफल गरेर टुंगो लगाउँछौं।”

 

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend