अर्घाखाँची । कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जेठ १० गतेसम्म निषेधाज्ञा थपेको छ । यसअघि वैशाख २० गतेदेखि ३१ गतेसम्म निषेधाज्ञा थियो । दोस्रो चरणको निषेधाज्ञालाई थप कडाइ गरिने प्रशासनले जनाएको छ । कोरोनाबाट अर्घाखाँचीमा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ । जिल्लामा ५ सय ७३ जना कोरोना संक्रमित उपचाररत छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend