बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

माधव नेपालको भिष्म प्रतिज्ञाले पार्टी एक हुन आँटेको नेता रिजालको तर्क

माधव नेपालको भिष्म प्रतिज्ञाले पार्टी एक हुन आँटेको नेता रिजालको तर्क

काठमाडौं । नेकपा एमालेका युवा नेता रामप्रसाद रिजालले अब एमाले सहमति सहकार्य सह–अस्तित्वको साथ एकिकृत भएर अघिबढ्नु पर्ने बताएका छन । उनले आरोप–प्रत्यारोप गर्न छोडेर सवै नेता कार्यकर्ता मिलेर जानु पर्ने कुरामा जोड दिएका छन ।  एक अर्काप्रति भावानात्मक सम्बन्धको विकास गरी रिस–राग अंहकार घमण्ड सबैले त्याग्नु पर्ने रिजालले बताए ।

पार्टी बिभाजन हुन नदिन आफु जस्तोसुकै त्याग गर्ने र बिभाजन हुन कुनै हालतमा नदिने वरिष्ठ नेता माधव नेपालको भिष्म प्रतिज्ञाले पार्टी एक हुन आँटेको नेता रिजालले बताए । उनले भने, ‘नेता र दल भन्ने वित्तिकै जनताले हेर्ने दृष्टिकोण सकरात्मक छैन भ्रष्ट र दलाल तस्करहरुलाई राजनीतिबाट अलग गरिनुपर्छ ।’ उनले एकताबद्ध एमाले बनाउने महान अभियानमा लाग्न सवैलाई अनुरोध गरेका छन । राजनीति यात्रा कहिले सिधा हुन्छ कहिले बाङ्गो हुन्छ कहिले घुमाउरो हुन्छ कहिले कठोर हुन्छ तर कहिले बिचलित हुनुहुदैन भन्दै नेता रिजालले यस्तो अनुरोध गरेका हुन । उनले भने, ‘हामी जुटौं सबै जना हिजोका तितामिठा कुराहरु बिर्सो सबैले आत्मा आलोचना गरौं नेकपामा हुदा गरिएका वाद–विवाद हरु तर्क–वितर्कहरु भुलौ किनभने अदालतले नेकपा विघटन गरेरहामीलाई २०७५ जेठ २ मा फर्काएर एमाले बनाईसकेकोमा अब सहमति सहकार्य सह–अस्तित्वको साथ एकिकृत भएर अघिबढ्नु पर्छ ।’

निर्वाचनको बेला गरिने अनावश्यक खर्चलाई कटौती गर्नुपर्छ जनतालाई मतदानको बेला खसी, बाख्रा, गाई, भैंसी जसरी खरिद गर्ने परम्पराको अन्त गरिनुपर्नेमा उनले जोड दिए । उनले भने, ‘अनूशाशनहिन कृयाकलापको अन्त गरिनुपर्छ नातावाद आफ्नतबाद चाकरी बाद गुन्दागर्दी पैसाको दुरुपयोगले शक्तिमा जाने लाभमा पुग्ने परिपाटी नेता मालिक वा शासक र जनता चाहि दास वा सेवक वा रैतिको रूपमा हेरिने संस्कार प्रवृतिको दाह–संस्कार नै गरिनुपर्छ ।’

एमाले पार्टी र एमालेको सरकारलाई बलियो बनाउँदै सबैका कमिकमजोरीलाई सच्याएर अगाडी बढ्नु पर्नेमा नेता रिजालले जोड दिए । उनले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी जोगाउन गरेको त्याग समपर्ण र सहमतिलाई कमजोरी नठानी कार्यान्वयन गर्नुपर्ने बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend