काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज तेस्रो पटक दिउँसो साढे २ बजे प्रधानमन्त्रीका रुपमा सपथ ग्रहण गर्दै छन्।
उनको आज दिउँसो साढे २ बजे शपथ ग्रहण हुने शीतलनिवासले जनाएको छ। यसअघि वैशाख २७ गते प्रतिनिनिधिसभाबाट विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका थिए।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको धारा ७६ को उपधारा २ बमोजिम २०७४ फागुन ३ गते ओली दोश्रो पटक प्रधानमन्त्री नियुक्त भएका थिए। यस अघि २०७२ मा उनी पहिलो पटक प्रधानमन्त्री बनेका थिए। ओली नेकपा (एमाले)का वर्तमान अध्यक्ष हुन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend