सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

यी हुन् बामगठबन्धन सरकारका सबैभन्दा धनी अर्बपति मन्त्री

यी हुन् बामगठबन्धन सरकारका सबैभन्दा धनी अर्बपति मन्त्री

Minister for Physical Infrastructure and Transportation Raghubir Mahaseth speaks at an interaction program organized by the Reporters' Club Nepal in Kathmandu on Sunday, March 18, 2018. Photo: Dil Kumar Ale/Reporters' Club Nepal

धन सम्पत्ति भने पछि सवैको आखा जाने गर्छ । पैसा कै लागी मानिसले जे पनि गर्ने त्यार हुन्छ । त्यसैले नै पैसाको महत्त्व बेग्लै छ । प्रधानमन्त्री देखी मन्त्रीहरुले आफनो सम्पत्तिको बिबरण बुझाएका छन् । कुन मन्त्री बढी धनी भन्नेमा सवैको चासो छ । यस्तै वर्तमान सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सम्पत्तिको मालिक रहेको देखिएको छ ।
महासेठले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको सम्पत्ति विवरणमा श्रीमती जुली महतोको नाममा ललितपुर( २५ मा ५८ सय वर्गफिटमा फैलिएको साढे दुई तले घर रहेको उल्लेख गरेका छन् । यस्तै धनुषामा ४२ सय वर्गफिटमा फैलिएको साढे २ तले र धनुषाकै मिथिला बिहारी नगरपालिकामा पैत्रिक घर रहेको उल्लेख छ ।
यस्तै ललितपुर महानगरपालिकाभित्र दुई कित्ता गरी ४ रोपनी ४ आना जग्गाभन्दा बढी जग्गा श्रीमतीकै नाममा रहेको उल्लेख छ । श्रीमतीकै नाममा धनुषामा ८ विघा ५ कट्ठा, आफ्नै नाममा १ विघा १५ कठ्ठा जग्गा रहेको मन्त्री महासेठले उल्लेख गरेका छन् ।महासेठसँग सुन ५२ तोला छ । जसमध्ये २५ तोला दाइजोमा प्राप्त भएको उनको दाबी छ । यस्तै उनीसँग डेढ किलो चाँदी पनि छ । आफूसँग ४० करोड रुपैयाँ बराबरको शेयर रहेको उनले उल्लेख गरेका छन् । महासेठको सम्पूर्ण चलरअचल सम्पति हेर्दा त्यसको मूल्याङ्कन अर्बमा हुन आउँछ । सगोलमा १४६ विघा जग्गा रहेको उल्लेख गरेका महासेठले २३ करोड रुपैयाँ ऋण रहेको उल्लेख गरेका छन् ।उनको यो सम्पत्ति बिबरणले सवैतिर चर्चा कमाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend