बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो बालुवाटार

अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो बालुवाटार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्न जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुगेका छन्। कांग्रेस-माओवादीले वहुमत नपुगेको भन्दै नयाँ सरकारका लागि दावी नगर्ने बताइसकेका छन्। माधव नेपाल पक्षका सांसदको राजीनामा टरेको र ठाकुरले समर्थन नगरेपछि ओलीलाई नै संसदको ठूलो दलको आधारमा प्रधानमन्त्री नियुक्तिको तयारी गरिएको छ। नयाँ सरकारका विषयमा छलफल गर्न जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो बालुवाटार पुगेका हुन्।राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठन गर्न दिएको समय सकिन लाग्दा अध्यक्ष ठाकुर प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend